संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले आफ्नो कार्यकक्षमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान निषेध गरेका छन् ।
मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको गुनासो आएपछि यस्तो निर्णय गरिएको उनले सामाजिक सञ्जालमार्फत शुक्रबार बनाएका छन् ।
मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने र सर्वसाधारण तथा सरकारी निकायबाट लाभ लिन खोजेको सूचना प्राप्त भएको उनको भनाइ छ ।


















