कुवेतको एउटा तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको छ । कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी)ले शुक्रबार बिहान कुवेतको एउटा तेल प्रशोधन केन्द्रमा ड्रोनद्वारा आक्रमण भएको पुष्टि गरेको हो । कम्पनीले यसलाई दुष्ट ड्रोन हमला भनेको छ । तर आक्रमणमा कुनै पनि कर्मचारी घाइते नभएको बताइएको छ ।कम्पनीका अनुसार ३९ सञ्चालन इकाइमध्ये केहीमा आगो फैलिएको थियो तर तुरुन्त नियन्त्रणमा ल्याइएको छ ।
आगलागीको समयमा क्षेत्रको हावापानीको गुणस्तरको नजिकबाट अनुगमन भइरहेको छ र अहिलेसम्म वातावरणमा कुनै नकारात्मक असर नदेखिएको कम्पनीले बताएको छ । मिना अल–अह्मदी रिफाइनरी पश्चिम एसियाको ठुलो प्रशोधन केन्द्रमध्ये एक हो ।
सो कम्पनीले दैनिक ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्न सक्छ । विगत पाँच हप्तादेखि जारी द्वन्द्वमा मिना अल–अह्मदी रिफाइनरीमा इरानी ड्रोनद्वारा यसअघि पनि दुई पटक आक्रमण भइसकेको छ ।


















