इरानले अमेरिकासँग भएको युद्धविराममा तीन सर्तहरू उल्लंघन भएको आरोप लगाएको छ ।
उसले लेबनानमा भइरहेको आक्रमणको पनि जिकिर गरेको छ ।इरानी संसद्का सभामुख मोहम्मद बागर गालिबाफले वार्ता सुरू हुनुभन्दा अगाडि नै १० बुँदे प्रस्तावका तीन सर्तहरू उल्लंघन भएको बताएका छन् ।‘अमेरिकाका राष्ट्रपतिले इरानसँग १० बुँदे प्रस्ताव वार्ताका लागि ‘आधार’ भएको बताएका थिए,’ उनले वक्तव्य जारी गर्दै भनेका छन्, ‘तर, अहिलेसम्म यो प्रस्तावका तीन बुँदाहरू उल्लंघन भइसकेको छ ।’
इरानले अमेरिकालाई विश्वास नगर्नुको कारण उसको पुरानै बानी भएको सभामुख गालिबाफले टिप्पणी गरेका छन् । वार्ताका लागि तयार गरिएको प्रस्तावमा उल्लेख भएका सर्तहरू वार्ताअगावै तोडिएको अवस्थामा दुईतर्फी युद्धविराम अथवा वार्ता गर्नु तर्कसंगत नभएको उनको भनाइ छ ।
















