पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। महराविरुद्धको मुद्दा भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा दर्ता गरिएको हो। मुद्दाको फाइल लिएर अख्तियारका कर्मचारीहरू अहिले विशेष अदालत पुगेका छन्।

अदालतले विवरण रुजु गर्ने काम अगाडि बढाइरहेको स्रोतले जानकारी दिएको छ। नेकपाका नेता समेत रहेका महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा दायर गर्ने निर्णय गरेको हो। २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा सुन भित्राउने प्रयास गर्दा भन्सारले पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा महरा र उनका छोरा राहुलको संलग्नता भेटिएको छ।

अख्तियारले हालसम्म महराविरुद्धको आरोप र बिगोबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।