उपसभामुखको शपथ आजै हुने भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार, साँझ ६ बजे शपथको कार्यक्रम तय भएको हो ।
अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठबाट उपसभामुख चयन गरिनेछ ।दुईतिहाइनिकट दल राष्ट्रिय स्वतन्त्र पार्टीको साथ पाएपछि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का छ ।



















