गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस्

जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै समयमै सचिन सुझाव दिएकी छन्। गुरुङले सामाजिक सञ्जालमा सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणबारे भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिँदै “तिमी जन्मदै गरिब हुनु गल्ती होइन, तर मर्दा गरिब मर्नु गल्ती हो” भन्ने टिप्पणी गरेका थिए।

यस अभिव्यक्तिपछि बमले सामाजिक सञ्जालमै प्रतिक्रिया दिँदै उक्त भनाइलाई फिल्मी शैलीको र यथार्थविपरीत रहेको बताएकी छन्। उनका अनुसार जीवन संघर्ष र अवसरसँग जोडिएको विषय भएकाले आर्थिक अवस्थालाई नै “गल्ती”का रूपमा व्याख्या गर्न मिल्दैन। उनले नेपालमा ठूलो जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै राज्यले सबै नागरिकलाई समान आर्थिक अवसर दिन नसकेको पनि बताएकी छन्।

साथै, आर्थिक हैसियत सुधार्न नसक्नेलाई गलत ठहर गर्नु पदीय मर्यादाविपरीत हुने भन्दै उनले अभिव्यक्ति सच्याउन आग्रह गरेकी छन्।