श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व–पश्चिम लोकमार्गको नाम महेन्द्र राजमार्गभन्दा पनि यलम्बर राजमार्ग राख्नुपर्ने भन्दै टिप्पणी गरेका छन्।
‘महेन्द्र हाइवेभन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो!,’ उनले लेखेका छन्।
सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गरिसक्ने लक्ष्य राखिएको छ । यसप्रति हर्कले टिप्पणी गरेका हुन्।


















