पूर्वमन्त्री दिपक खड्कालाई थुनामै राख्न आदेश

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश गरेको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश गरेको हो ।

‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ‘ आदेशमा भनिएको छ ।

सम्पत्ति शुद्धीकरण कसुरमा खड्का १५ चैतमा पक्राउ परेका थिए ।