नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।
कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिइने बताए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ’ आङदाम्बेले भने, ‘बाँकी समितिको हकमा विपक्षी दलहरूसँग सल्लाह हुँदैछ ।’
संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन् ।
सिंहदरवारमा दिउँसो १२ बजे विपक्षी दलका नेताहरूको संयुक्त छलफल छ । त्यसले उम्मेदवारी दिने वा नदिने र उम्मेदवारी दिँदा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भनेर तय गर्नेछ ।
















