देउवापक्षकाे निष्कर्ष– एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवापक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको १४औँ महाधिवेशनबाट चुनिएका उनीपक्षधर केन्द्रीय सदस्यको बैठकले यस्ताे निष्कर्ष निकालेको छ ।

पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै देउवा समूह छलफलमा जुटेको थियाे । सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल भएकाे हाे ।