नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने साहस नै दलहरुको सुधारको सही बाटो हुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विगतका गल्तीहरूको आत्मसमीक्षा गर्दै जनतासँग माफी मागेर नयाँ पुस्तालाई नेतृत्व सुम्पनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।
उनले जनताको वास्तविक आवश्यकता भन्दा पनि सत्ताको दाउपेच र चुनावी समीकरणलाई मात्र प्राथमिकता दिएको व्यंग्य गर्दै जनताको स्वाद नबुझी खोलिएका दोकान चल्न नसक्ने बताए । उनले लेखेका छन्– ‘जनताको स्वाद नबुझी खोलिएका ‘दुकान’ पुरानै सेल्सम्यान र मालिकले जति सिँगार गरे पनि चल्दैनन् ।’


















