गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार परिसरमा प्रदर्शन, ४ युवा पक्राउ

गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका चार जना युवा पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई सिंहदरबार परिसरभित्रबाटै नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले उनीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएका छन्। उनीहरूले सेयर कारोबारसम्बन्धी विवादका कारण गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। पछिल्ला केही दिनदेखि गृहमन्त्री गुरुङ विवादमा तानिँदै आएका छन्।