यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधन (इभी)को भाडा नबढाउन निर्देशन दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडा समायोजन भए पनि इभीमा पुरानै भाडादर लागू गर्न आग्रह गरिएको हो । विभागले इभीमा भाडा बढाएर लिएको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
साथै, यात्रुबाट भाडा अनिवार्य रूपमा टिकटमार्फत लिन–दिनुपर्ने व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ । यातायात व्यवसायी र चालकलाई नियमअनुसार सेवा सञ्चालन गर्न आग्रह गर्दै यात्रुहरूलाई अनियमितता देखिए सम्बन्धित निकायमा उजुरी दिन पनि विभागले अनुरोध गरेको छ ।



















