सुधनको राजीनामाप्रति प्रचण्ड- जे गर्नुभयो, राम्रो गर्नुभयो

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएर राम्राे गरेको प्रतिक्रिया दिएका छन् ।

विवादास्पद व्यवसायीसँग साँठगाँठ गरेको आरोपपछि बुधबार गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका हुन् । गुरुङको राजीनामाबारे टिप्पणी गर्दै प्रचण्डले राम्राे गरेको प्रतिक्रया दिएका हुन् ।

‘जे गर्नुभो, राम्रो गर्नुभो’, प्रचण्डले भने ।