सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुम्बासी बस्ती भत्काइएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी हटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भन्दै आपत्ति जनाउँदै लेखेका छन्, “१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुम्बासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो रु कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?”

उनले बस्ती भत्काइएपछि धेरै नागरिकहरू सडकमा रात बिताउन बाध्य भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । साथै उनले सामाजिक सञ्जालमै प्रश्न गर्दै रवि लामिछाने कता हराएको भन्दै सरकारको भूमिकाप्रति आलोचना गरेका छन्।