प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाखको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल–भर्पाई बनाएर सरकारी रकम हिनामिना गरेको आरोप लागेको छ। अख्तियारका अनुसार प्राविधिक मूल्यांकनभन्दा करिब ५९ लाख रुपैयाँ बढी भुक्तानी लिइएको, साथै बेरुजु रकम र विद्यालयको नगदसमेत व्यक्तिगत प्रयोगमा ल्याइएको देखिएको छ।

कुल मिलाएर दुवैजनाबाट ९३ लाख ८३ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।