अब सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

सरकारले खर्च कटौती नीति कडाइका साथ लागू गर्दै सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न रोक लगाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको परिपत्रअनुसार अब बैठक, गोष्ठी र तालिमजस्ता कार्यक्रमहरू महँगा होटलमा गर्न नपाइने भएको हो।

मन्त्रालयले मातहतका सबै निकायलाई सरकारी खर्च मितव्ययी बनाउन भन्दै कार्यक्रमहरू कार्यालय वा सरकारी भवनमै सञ्चालन गर्न निर्देशन दिएको छ।