रास्वपाको उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवारका आकांक्षी धेरै हुने भएकाले छनोट प्रक्रिया व्यवस्थित बनाउन क्यान्डिडेट क्लब गठन गरिएको पार्टीले जनाएको छ।