सरकारले अध्यादेश पुनर्विचार गरेन, हुबहु पठायो

रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न मन्त्रिपरिषद्ले फेरि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३’ जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो।

यसअघि सिफारिस गरिएका ८ मध्ये ७ अध्यादेश राष्ट्रपतिले जारी गरेका थिए भने उक्त अध्यादेश पुनर्विचारका लागि फिर्ता गरिएको थियो।