कांग्रेसका केन्द्रीय सदस्य हेमकाजी बस्नेतविरुद्ध उजुरी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशअन्तर्गत ३५ वर्षमुनि (खुला)समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर हेमकाजी बस्नेतको शैक्षिक प्रमाणपत्र छानबिन गर्न माग गर्दै उजुरी परेको छ ।

महाधिवेशनमा पराजित एक उम्मेदवारले बिहीबार बिहान केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका हुन्। उजुरीसँगै नेपाल इन्जिनियरिङ परिषद्को दर्तासम्बन्धी विवरण र अन्य सान्दर्भिक प्रमाण इमेलमार्फत बुझाइएको जनाइएको छ।

उजुरीकर्ताले बस्नेतको शैक्षिक प्रमाणपत्रको आधिकारिकता र वैधता पुष्टि गर्न सम्बन्धित विश्वविद्यालय तथा नेपाल इन्जिनियरिङ परिषद्सँग आवश्यक जानकारी लिन माग गरेका छन्।