कांग्रेस सांसद्हरूलाई सभापति थापाले प्रशिक्षण दिने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सांसदहरूलाई संसद्मा आफ्नो भूमिकाबारे प्रशिक्षण दिने भएका छन् । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उनले सांसदहरूलाई संसद्मा प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा मार्गदर्शन दिनेछन्।

दलका नेता भीष्मराज आङ्देम्बेले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।