स्वास्थ्य विभागलाई पालिकासम्म विस्तार गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्वास्थ्य तथा जनसंख्या विभागलाई केन्द्रदेखि पालिकास्तरसम्म विस्तार गर्ने भएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्वास्थ्य नीतिमा आमूल परिवर्तन ल्याउने उद्देश्यसहित यो विस्तार गर्न लागिएको बताएकी हुन्।

उनका अनुसार हाल नीतिगत तयारी भइरहेको छ र विभागलाई प्रभावकारी बनाउन डाक्टर, नर्स, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य प्रविधि इन्जिनियर तथा व्यवस्थापकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।