‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयसस ले स्पेनको क्यानरी टापुतर्फ गइरहेको हान्टाभाइरस प्रभावित पानीजहाजलाई लिएर स्थानीयलाई नआत्तिन आग्रह गरेका छन्।

उनले यो अवस्था कोरोना महामारीजस्तो नभएको र जोखिम न्यून रहेको बताएका छन्।नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक जहाजमा १४० भन्दा बढी यात्रु तथा चालकदल रहेका छन्, जुन स्पेनको टेनेरिफे टापु नजिक पुगेको छ।

जहाजमा हालसम्म कसैमा पनि हान्टाभाइरसका लक्षण नदेखिएको र यात्रुहरूको स्वास्थ्य अवस्था निगरानीमा राखिएको अधिकारीहरूले जनाएका छन्। हान्टाभाइरस सामान्यतया मुसाबाट सर्ने र श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने भाइरस हो।