प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पदभार ग्रहण गरेका छन् ।बुधबार नियुक्त सचिवले बिहीबार पदभार ग्रहण गरेका हुन् । सभामुख डोल प्रसाद (डीपी) अर्यालले नवनियुक्त सचिव अधिकारीलाई शपथ ग्रहण गराए । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरेका हुन् ।
अधिकारी खाँदबारी नगरपालिका वडा नं. ३ संखुवासभाका हुन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।
निजामती सेवामा २४ वर्षको अनुभव भएका उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।


















