विदेशी अनुदानको वैशाखी टेकेर देश विकास हुँदैन:सुहाङ नेम्वाङ

नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संविधान संशोधनको विषय केवल राजनीतिक अंकगणितको जोडघटाउमा मात्र सीमित हुन नहुने बताएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद नेम्वाङले संविधान र अर्थतन्त्रका विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले संविधान जारी भएको १० वर्ष पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र संशोधनको चर्चा भइरहँदा संशोधन अग्रगमनका लागि हुनुपर्नेमा जोड दिएका छन् ।

उत्पादनबिना वितरणको सपना बाँड्नुको अर्थ नरहेको भन्दै नेम्वाङले भने, ‘हामी कहिलेसम्म विदेशी अनुदानको वैशाखी टेकेर देश विकास गर्ने ? अब अरूले देखाइदिएको बाटोमा होइन, आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटोमा निर्माण गर्नुपर्छ जुन उत्पादनको बाटो हो ।’