बालेन शाहको नियत राम्रो छैन, समर्थन गर्नुपर्ने कुनै कारण छैन: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन् । आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताए ।

‘सुकुम्बासीहरूको समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ,’ उनले भने, ‘ट्रेड युनियनसँग सम्बन्धित, विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छँदै छन् । संविधान संशोधनको निम्ति भनेर सरकारले जो बहस पत्र तयार पार्ने भनेको छ, त्यो पनि त्यति पारदर्शी तरिकाले अगाडि आएको छैन । त्यो पनि आफैँमा एउटा गम्भीर छलफलको विषय बनिराख्या छ ।’

अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ।