युक्रेनद्वारा मस्कोमा एक वर्षयताकै ठूलो हमला, एक भारतीयसहित ३ जनाको मृत्यु

युक्रेनले रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण गरेको छ । युक्रेनले आइतबार राति मस्कोमाथि ड्रोन आक्रमण गरेको हो । रूसी अधिकारीहरूले युक्रेनको आक्रमणबाट एक भारतीयसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । पछिल्लो एक वर्षको अवधिमा मस्कोमाथि गरिएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

मस्कोस्थित भारतीय दूतावासका अनुसार युक्रेनको आक्रमणमा परेकामध्ये एक भारतीय नागरिक पनि रहेका छन् । दूतावासले अन्य तीन जना घाइते भएका जनाएको छ ।युक्रेनले पनि रूसमा गरिएको आक्रमणको पुष्टि गरेको स्रोतले जनाएको छ ।