अमेरिकी सञ्चारमा इरानले दिएको प्रतिक्रिया आइतबार पाकिस्तानले प्राप्त गरेको र कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको पाकिस्तानी स्रोतले सोमबार जनाएको छ । “संयुक्तराज्य अमेरिकाले इरानको प्रतिक्रियाको समीक्षा गरिरहेको र वासिङ्टनबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतहरूले सिन्ह्वासँग बताएका छन् ।
पछिल्लो आदान–प्रदान तेहरान र वाशिङ्गटनबीच शान्तिको पहलका लागि जारी अप्रत्यक्ष सम्पर्कको प्रयास हो । क्षेत्रीय तनाव कम गर्ने र सम्भावित कूटनीतिक प्रगतिको खोजी गर्ने प्रयासहरूको बीचमा पाकिस्तान मार्फत सहजीकरण गरिएको छ।इरानी अधिकारीहरूले बारम्बार संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ताको सट्टा अप्रत्यक्ष रूपमा मध्यस्थकर्ताहरू मार्फत संवाद भइरहेको बताउँदै आएका छन्।
फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानले धेरै चरणमा प्रस्तावको आदानप्रदान गरिरहेका छन् । अप्रिल ८ देखि जारी युद्धविरामबीच दुवै पक्षबीच अहिलेसम्म एक चरणको वार्ता भएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सोमबार एक पत्रकार सम्मेलनमा भने, “हामीले हिजो घोषणा गरेजस्तै हाम्रो चासो अमेरिकी पक्षलाई अवगत गराएका छौँ ।”
तेहरानले विदेशमा रोकिएको इरानी सम्पत्ति र लामो समयदेखिको प्रतिबन्ध फुकुवा गर्नेलगायतका इरानको मागको विदेशमन्त्री बकाईले बचाउ गरेको थियो ।
उनले भने, “उठाइएका बुँदाहरू इरानका मागहरू हुन्, जसलाई इरानको वार्ता टोलीले हरेक चरणको वार्तामा दृढतापूर्वक बचाउ गरेको छ।”
उनले अमेरिकाले युद्धको क्षतिपूर्ति दिनुपर्ने इरानको शर्तको बचाउ गर्दै द्वन्द्व ‘गैरकानुनी र आधारहीन’ भएको बताए । अर्को सैन्य मुठभेडको सम्भावनाबारे विदेशमन्त्री बकाईले इरान कुनै पनि परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको बताएको छ ।


















