पोखराको विभिन्न भाग भएर बग्ने फिर्केखोला अतिक्रमण गरी खोलाघरभित्र निर्माण गरिएका संरचना आइतबारदेखि हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिका– १८, सराङकोटस्थित अँधेरीकुनाबाट सुरु भएर महानगरका विभिन्न आठवटा वडाको बस्ती छिचोल्दै करिब नौ किलोमिटर यात्रा गरी फेवातालको ड्यामसाइडनजिकैको गाईघाटबाट सिधै तालमा मिसिने ठाउँमा निर्मित संरचना हटाउन थालिएको हो । आइतबार १९ वटा संरचना भत्काइएका छन् ।
आइतबार खोलाको तीन स्थान पोखरा वडा नम्बर २ र १८ को सिमाना अँधेरीकुनादेखि पोखरा वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुल बुढानीलकण्ठ मन्दिरदेखि, पोखरा ७ र ८ को सिमाना जिरो किमिस्थित लायन्सको भवनबाट डोजर र एक्स्काभेटरले संरचना हटाउन थालेको हो ।


















