राजीनामा दिन्नँ, जिल्ला–जिल्ला पुगेर पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउँछुः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र आफूले नेतृत्वबाट बिदा लिने बताएका छन् । आइतबार सम्पन्न पार्टीको सचिवालय बैठकमा आफू जिल्ला–जिल्ला पुगेर पार्टीको जागरण अभियानमा लाग्ने बताएका छन् । ओलीले आफ्नो स्वास्थ्य ९८ प्रतिशत ठिक भएको र अब पार्टीलाई बलियो बनाउन फिल्डमा लाग्ने बताएका छन्।

‘उहाँले मेरो स्वास्थ्य लगभग ९८ प्रतिशत ठिक भइसकेको छ, अब चाहिँ प्रत्येक जिल्ला–जिल्ला, प्रदेश–प्रदेशमा गएर गएर यो पार्टीको ऊर्जा जगाउँछु र जसरी ममाथि र हाम्रो पार्टीमाथि चौतर्फी आक्रमण गरेर एक्ल्याएर कमजोर बनाइएको छ, अब पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउने कुरामा मैले नै भूमिका खेल्नु भनेर बढो जोस जाँगर र ऊर्जा दिएर उहाँले यो बैठक सक्नुभयो।’

बस्नेतका अनुसार बैठकमा विष्णु पौडेल र योगेश भट्टराईले मात्र अध्यक्षले राजीनामा दिनुपर्ने विषय उठाएका थिए।