प्रचण्डको अवस्था सुधारोन्मुख, भोलिसम्म डिस्चार्ज हुने

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । रुघा, ज्वरो र हल्का निमोनियाका कारण शनिबार मेडिसिटी अस्पतालमा भर्ना भएका प्रचण्डको स्वास्थ्यमा सुधार आएको नेकपा नेता रामप्रसाद सापकोटाले बताएका छन् ।

उनलाई सोमबारसम्म डिस्चार्ज गर्ने तयारी रहेको जनाइएको छ।