नेपालले भारतको सीमा मिचेको छ भनेर प्रधानमन्त्रीज्यूले भन्नु भएको छैन, रेकर्ड सुने हुन्छ : सस्मित

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर नभनेको स्पष्ट पारेका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने विषय सुन्दा आफू अचम्ममा परेको बताएको उल्लेख गरे ।

उनले भने,‘प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नु भएकै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो,म अचम्ममा परेँ भन्नुभएको विषयलाई विवादमा ल्याउन खोजियो। प्रधानमन्त्रीज्यूले के भन्नुभएको थियो, एकपटक रेकर्ड सुन्न सकिन्छ।’