एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको क्रममा सबैभन्दा पहिला बोलेको दाबी गर्दै कार्यकर्तालाई धन्यवाद दिएका छन् । उनी प्रतिनिधिसभा चुनाव २०८२ पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
पार्टीको केन्द्रीय संगठन विभागको आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला सहभागी भएका हुन् ।
सो क्रममा उनले अरु कोही पनि चुँ नबोलेको बेला एमालेका कार्यकर्ता टोलदेखि केन्द्रसम्म बोल्ने र क्रियाशील बनेर देशको आत्मविश्वास बढाएको बताए ।
एमाले कार्यकर्ता बोलेपछि मात्र अरुको बोलीको फुटेको उनले बताए ।
















