सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदापछि सोमबारदेखि काममा फर्किएकी छन्। प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै असन्तुष्ट बनेकी मल्ल जेठ ६ गतेदेखि बिदामा बसेकी थिइन्। उनलाई सोमबार नै दुई वटा पेशी तोकिएको छ। एउटा एकल इजलास र अर्को न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलास तोकिएको छ।
सरकारले वरिष्ठताक्रममा चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि मल्ल असन्तुष्ट भएकी थिइन्।


















