राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदको गतिरोध अन्त्य गर्न विपक्षी दलहरूसँग अनुरोध गरेका छन् । सोमबार सिंहदरबारमा बसेकाे सर्वदलीय बैठकमा लामिछानेले सो आग्रह गरेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सरकारको तर्फबाट प्रष्ट पार्ने गरी परराष्ट्र मन्त्रालयले राखिसकेकाले सदनमा पनि आवश्यक परेमा राख्न सकिने लामिछानेले बताएका थिए । विपक्षी दलहरूले छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका छन् ।


















