प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै सदनमा आएर नेपाल–भारत सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अभिव्यक्तिले आन्दोलन भइरहेको भन्दै शान्ति सुरक्षाका निम्ति भए पनि उनैले नै जवाफ दिनुपर्ने बताएका हुन् । ‘देशको शान्ति सुरक्षाका लागि पनि उहाँले आएर वचन सच्याउनुपर्छ ।

नेपाली सेनालाई सीमामा लगेर तैनाथ गर्नुपर्छ,’उनले भने ।उनले प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले सच्याउने भन्ने आफूहरूलाई मान्य नहुने बताए ।