मन्त्रिपरिषद् पुनर्गठनमा गृहमन्त्री सुधन गुरुङले पुनः पाँचौ वरीयता पाएका छन् । राजीनामा दिनुअघि पनि गुरुङको मन्त्रिपरिषद्मा पाँचौ वरीयता थियो ।
छानबिन समितिले ‘क्लिनचिट’ दिएपछि मंगलबार गुरुङ पुनः गृहमन्त्रीमा फर्काइएका हुन् । पहिलोपटक गृहमन्त्री भएलगत्तै गुरुङलाई तेस्रो वरीयतामा राखिएको थियो । तर, विरोध भएपछि उनलाई पाँचौमा झारिएको थियो ।
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आठौँ वरीयतामा राखिएको छ ।



















