नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्वसांसद् छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन् । सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै उनले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नुपरेकोले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी हुन् ।
उनले पार्टीभित्र केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन् ।


















