बजेटले कर सुधार, डिजिटल अर्थतन्त्र र एआईलाई प्राथमिकतामा राखेको छ : सांसद बुढाथोकी

सांसद एवं अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले आगामी आर्थिक वर्ष, २०८३/८४ को बजेट रुपान्तरणकारी रहेको दाबी गरेका छन् । बिहीबार संसदमा जारी विनियोजन विधेयकको राजस्व र व्ययमाथिको छलफलमा भाग लिदै सांसद बुढाथोकीले यसपटकको बजेट कर सुधार, डिजिटल अर्थतन्त्र, एआई प्रविधि र निजीक्षेत्रलाई उच्च प्राथमिकता दिएर आएको दाबी गरे ।

उनले भने, ‘यो बजेट विगत दशकको तुलनामा आकारमा मात्र होइन, यसको सोच, संरचना र प्राथमिकतामा समेत स्पष्ट रूपमा फरक देखिन्छ । विगतका वर्षहरूमा बजेट मुख्यतः सडक, भवन र भौतिक पूर्वाधार निर्माणमा केन्द्रित थियो । तर, यसपटकको बजेटले कर सुधार, डिजिटल अर्थतन्त्र, एआई र निजीक्षेत्रको भूमिकालाई खर्च गर्ने निकाय निजीक्षेत्रको नेतृत्व, सुशासन र उत्पादनमुखी अर्थतन्त्रको विकासलाई केन्द्रमा राख्दै राज्यको भूमिकालाई खर्च गर्ने निकायबाट अवसर सिर्जना गर्ने सहजीकरणकर्तातर्फ रुपान्तरण गर्ने प्रयास गरेको देखिन्छ ।’