नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले गिरीबन्धु टीस्टेट प्रकरणबाट फाइल खोल्न सरकारलाई चुनौती दिएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा अर्यालले भनिन्, ‘उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको छ ? टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् । त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडीको फाइल खोलियोस् । साँच्चै कुरा के हो बाहिर ल्याइयोस् ।’


















