रास्वपा महाधिवेशनमा कांग्रेस सभापति गगन थापा जादै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्। सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।

रास्वपाले प्रथम महाधिवेशनमा दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको थियो । रास्वपा सचिवालय सदस्य दीपक बोहराले पनि कांग्रेस सभापति थापा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने खबर आएको बताए।