आजदेखि सुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा श्रम संस्कृति पार्टी सहभागी नहुने भएको छ । रास्वपाले आफ्नो महाधिवेशनमा सहभागी भई शुभकामना दिन श्रम संस्कतिका अध्यक्ष हर्क साम्पाङलाई निम्तो दिएको थियो ।
निम्तो पाएलगत्तै अध्यक्ष साम्पाङले फेसबुकमार्फत प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा सार्वजनिक नगरेकाले सहभागी नहुने घोषणा गरेका थिए ।


















