पूर्वमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पुनः थुना म्याद थप प्रयोजनका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका पौडेललाई म्याद थप र अनुसन्धानसम्बन्धी बहसका लागि विशेष अदालत उपस्थित गराइएको हाे ।
पौडेललाई थुना म्याद थपका लागि न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहसको तयारी भइरहेको छ । विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पौडेललाई प्रहरीले ८ असारमा सुर्खेतबाट पक्राउ गरेकाे थियाे ।
अर्थमन्त्री रहेका बेला व्यवसायी भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ ।



















