देश कसको कन्ट्रोलमा छ अनुमान गर्न र भन्न गाह्रो छ : कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले न्यायालय लगायत राज्यका सबै अंगले स्वतन्त्रता गुमाएको टिप्पणी गरेका छन् । संविधानको मूल आत्मा बमोजिम देश सञ्चालन नभएको उनको भनाइ छ । सिटौलाले मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अहिले देश कसको कन्ट्रोलमा छ भन्न गाह्रो रहेको बताएका हुन् ।

‘अहिले राज्य सञ्चालन संविधान बमोजिम छ ? यहाँको प्रशासन, जुडिसियरी (न्यायालय), संवैधानिक निकायहरू इन्डिपेन्डेण्ट ढंगले के सञ्चालन छन् ?’ सिटौलाले भने, ‘मलाई लाग्छः छैन । सबैले आफ्नो स्वतन्त्रता गुमाइसकेको अवस्था छ, आजको दिनमा । देश कसको कन्ट्रोलमा छ अनुमान गर्न र भन्न गाह्रो छ ।’