सुनचाँदीको भाउ घट्यो

बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक साताको अवधिमा सुनको भाउ ६ हजार २ सय रुपैयाँ घटेको छ । गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेसँगै ४ हजार २७० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार २८५ रुपैयाँ थियो । गत बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ४८५ रुपैयाँ थियो ।