कर्णालीमा बेपत्ता सहचालक सुवेदीको शव कैलालीमा भेटियो

दैलेखको कर्णाली नदीमा खसेको मिनीबस दुर्घटनामा बेपत्ता भएका सहचालक रामप्रसाद सुवेदीको शव कैलालीको घाटगाउँमा फेला परेको छ। गत असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट कर्णाली नदीमा खसेको थियो ।

दुर्घटनापछि चालक र सहचालकसहित केही यात्रु बेपत्ता भएका थिए। सहचालक सुवेदीको शव फेला परे पनि दुर्घटनामा बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य भने जारी रहेको छ।