शारजाहबाट कराँचीका लागि उडेको पाकिस्तानको ‘के२ एयरवेज’को एक कार्गो विमान (बोइङ ७३७)अचानक बेपत्ता भएको छ । विमानमा पाँच जना सदस्य सवार थिए। मंगलबार पाकिस्तानी समयअनुसार राति ९ः१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी आएको सूचना प्राप्त भएको थियो ।
त्यसलगत्तै कराँची एरिया कन्ट्रोल सेन्टरले तत्कालै विमानलाई मार्गनिर्देशन (गाइड० गर्न शुरू गरेको थियो। तर, राति ९ः२१ बजे रडारमा विमान तीव्र गतिमा तलतिर झरिरहेको देखियो र त्यसको दिशा पनि अचानक बदलियो ।
त्यसको केही बेरमै कराँचीभन्दा करिब १५५ नटिकल माइल पश्चिममा विमानको रडार र रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद हुन पुगेको हो ।
















