पूर्वविजेता स्पेनसँग प्रिक्वार्टरफाइनलमा १–० ले पराजित भएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको छ । छैटौँपटकको प्रयासमा पनि पोर्चुगललाई विश्वकप उपाधि दिलाउन नसकेका रोनाल्डोले आफ्नो करिअरकै अन्तिम यात्रा भएको बताइसकेका थिए । विश्वकपबाट बहिर्गमन भएपछि उनले सन्न्यास लिने अनुमान गरिएको थियो ।
खेलपछि अन्तर्राष्ट्रिय मिडियासँग कुराकानी गर्दै रोनाल्डोले तत्काल पोर्चुगलबाट सन्न्यास नलिने बताएका छन् । ‘स्वाभाविक रूपमा विश्वकपबाट बाहिरिँदा दुःख लागेको छ । अहिले नै पोर्चुगलबाट सन्न्यास लिनु भनेको हतारको निर्णय हुनेछ,’ रोनाल्डोले भनेका छन्, ‘पोर्चुगललाई उपाधि दिलाउने प्रत्येकपटक सबै शक्ति लगाए मैले सकिनँ ।’
विश्वकपछि आफू केही समय परिवारसँग बिताउने उनले बताए । त्यसपछि सबैसँग छलफल गरेर मात्र ठुलो निर्णय पक्षमा रहेको रोनाल्डोको भनाइ छ । ‘परिवारसँग समय बिताउनेछु । समय शान्त निर्णय लिने छु । यो समयमा हतास भएर कुनै पनि ठुलो निर्णय लिने छैन,’ उनले भने ।


















