गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई अगाडि पछाडि उस्तै बोल्न आग्रह गरेका छन् । गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको जवाफ मागेका आफ्नै दलका सांसदलाई उनले फरक व्यवहार नगर्न भनेका हुन् ।
‘आफ्नै साथीभाइहरू जो अगाडि एउटा पछाडि अर्को बोल्नुहुन्छ, चित्त बुझ्दैन । अगाडिजस्तै पछाडि पनि बोल्नुपर्यो’, गुरुङले शुक्रबारको संसदमा भन, ‘अगाडि आउनुहुन्छ । एकदम घुलमिल गरेर बोल्नुहुन्छ । सदनमा जे बोल्नुहुन्छ, बाहिर पनि त्यही व्यवहार गर्नुहोस् न । हामीलाई मन पर्दैन यस्तो पर्दा पछाडिको खेल ।’
उनले गणेश नेपालीलाई बचाउन राज्यका तर्फबाट हरेक प्रयास गरेको भन्दै सरकारले प्रयास नै नगरे जसरी अर्थ्याउनु गलत हुने बताए ।

















