ह्वील लक ट्राफिक प्रहरीले होइन, नगर प्रहरीले लगाएको हो : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको मोटरसाइकलमा ट्राफिक प्रहरीले ह्वील लक नलगाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले स्थानीय तहमातहतको नगर प्रहरीले ह्वील लक लगाएको बताएका हुन् ।

‘जुन ठाउँमा घटना भयो । ट्राफिकले ह्वील लक गरेको होइन । नगर प्रहरीले लगाएको हो । स्थानीय सरकार कसको छ ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ ? रास्वपाको छ ?’

दुई तहको सरकार तपाईंहरूसँग छ,’ उनले भने, ‘धेरै साथी र मान्यज्यु देखेँ । घँटी सुक्ने गरी चिच्याएको देखेँ । गृह मन्त्रालयमा बसेर के गर्ने होला । सान्त्वना दिने भनेर छलफल गरिरहेका थियौँ । हिजो अस्पतालमा तपाईं हुनुहुन्थ्यो ? तर, अहिले घाँटी चिच्चाएर हुँदैन । मुखले बोलेर हुँदैन । पीडा बुझेर गर्नुपर्छ । स्टन्टबाजी भन्दिनुहुन्छ । देशको सेवा गर्न आएकोलाई यस्तो भन्ने ?’